काठमाण्डु– प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरूको सम्पत्तिको स्रोत खोजेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको झन्डै दुई सय तोला सुन देखिएको भन्दै स्रोत खुलाउन माग गरे। 'हाम्रो मूल चासो भ्रष्टाचार नियन्त्रणमा हो। सम्माननीय प्रधानमन्त्रीज्यूको म सम्मानपूर्वक नामै लिन्छु र भन्छु सम्पत्ति छानबिनको सुरूआत म विपक्षी नेता…