महाकाली नदीले बगाएका २ बालिका अझै भेटिएनन्

काठमाण्डु– कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला नजिकैको महाकाली नदीमा आइतबार बेलुकी नुहाउने क्रममा हराएका दुई बालिका अझै फेला परेका छैनन्। डुबेका बालिकाहरू सात वर्षीया सान्वी पन्त र छ वर्षीया जीविका पन्त एकै परिवारका सदस्य भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनापछि आइतबार साँझ नै खोजतलास सुरु भए पनि परिणाम नआएपछि सोमबार बिहानदेखि नेपाल प्रहरी, सशस्त्र…