साउनको अन्तिम सोमबारमा भक्तजनको घुँइचो (तस्बिरहरू)

काठमाण्डु - साउन महिनाको अन्तिम सोमबार आज काठमाण्डुको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ। पशुपतिनाथ दर्शनको लागि हजारौँ भक्तजन उज्यालो नहुँदै पशुपति क्षेत्रमा पुगेका छन्। सोमबार बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको हो । हिन्दु धर्मालम्बीले साउनको सोमबार उपवास बसी भगवान् शिव र पार्वतीको पूजाआराधना गर्ने परम्परा छ। साउने सोमबार…