कांग्रेस सभापति थापा र नेता खड्काबीच भेटघाट, एकताबद्ध भएर अगाडि बढ्ने सहमति

काठमाण्डु - नेपाली कांग्रेसको आन्तरिक विवाद चुलिएको बेला सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटघाट भएको छ । खड्कासँग भेट गर्न सभापति थापा उनको गल्फुटारस्थित निवास पुगेका थिए । सभापति थापासँगै उपसभापति विश्वप्रकाश शर्माले पनि भेटघाट गरेका हुन् । त्यस क्रममा तीन नेताहरूबीच पार्टीको आन्तरिक विवाद मिलाउने विषयमा छलफल भएको छ ।…