महेन्द्रनगर – प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल सहितको टोलीले शुक्रबार कञ्चनपुरको दोधाराचादँनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामको प्रगतिका विषयमा जानकारी लिएको छ । सभामुख अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरका विभिन्न क्षेत्रको अवलोकनका क्रममा दोधाराचादँनी सुक्खा बन्दरगाहको प्रगतिका विषयमा जानकारी लिएका हुन् । निर्माणाधीन सुक्खा बन्दरगाहका नेपालतर्फका प्रतिनिधि एवं कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तेजबहादुर चन्दले…