परराष्ट्रमन्त्री डा. राणा विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त

काठमाण्डु- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग आज संयुक्त अधिराज्यको संसदीय मामिलासम्बन्धी उपमन्त्री ब्यारोनेस हमेनले शिष्टाचार भेट गरेकी छन् । परराष्ट्रमन्त्री डा. राणा र सगरमाथा संवादमा सहभागिताका लागि नेपाल आएकी उपमन्त्री हमेनबीच आज सो साइडलाइन भेटवार्ता भएको हो । उनीहरूबीच नेपाल र बेलायतबीचको लामो र ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धका बारेमा कुराकानी भएको थियो । त्यस क्रममा मन्त्री…