काठमाण्डु – चितवनको खैरहनी नगरपालिका–६ स्थित खैरहनी माध्यमिक विद्यालयमा द्वितीय तहका स्थायी शिक्षक गोपालप्रसाद शर्माविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सेवासुविधा प्राप्त गरेको आरोपमा विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरिएको छ । शर्माले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्बाट प्राप्त भएको भनिएको प्रवीणता प्रमाणपत्र तह (आईएस्सी) नक्कली रहेको उजुरीका आधारमा भएको अनुसन्धानका क्रममा प्रमाणपत्र अवैध…