काठमाण्डु– सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित, मितव्ययी र प्रभावकारी बनाउन कडाइ गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हाल कार्यान्वयनमा रहेको वैदेशिक भ्रमणसम्बन्धी मापदण्डलाई कडाइका साथ लागू गर्न सबै मन्त्रालय, आयोग तथा सरकारी निकायलाई निर्देशन दिएको हो। प्रधानमन्त्री कार्यालयले परिपत्र जारी गर्दै कुनै पनि प्रयोजनका लागि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन गर्नुअघि अनिवार्य रूपमा…