कर्णाली राजमार्ग दैनिक ८ घण्टा बन्द

सुर्खेत – कर्णाली राजमार्गको दैलेखको रामाघाट–साईगाउँ खण्डमा दैनिक ८ घण्टा सवारी आवागमन बन्द गरिएको छ । सडक खण्डको निर्माणको काम भइरहेकाले १५ दिनसम्म सवारी आवागमन बन्द गरिएको हो । कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिएर मध्यपहाडी लोकमार्गको सात्तला भएर साईगाउँ निस्किने गरी वैकल्पिक…