अब ग्यारेज चलाउन प्रदेश सरकारको स्वीकृति अनिवार्य चाहिने

इटहरी – कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका २०८२’ स्वीकृत गर्दै अबदेखि प्रदेशभित्र सञ्चालन हुने सबै वर्कसप र ग्यारेजलाई कानूनी दायरामा ल्याउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार वर्कसपहरूले अब यातायात व्यवस्था कार्यालयबाट अनुमति अनिवार्य रूपमा लिनुपर्नेछ भने कारखानाहरूले सम्बन्धित मन्त्रालयबाट स्वीकृति प्राप्त गरेपछि…