संसदमा भारत-पाकिस्तान युद्ध बहस : सांसदहरूले मागे सरकारको आधिकारिक धारणा

काठमाण्डु - प्रतिनिधिसभाको बैठकमा सांसदहरूले भारत–पाकिस्तानबिच भइरहेको युद्धका विषयमा आ–आफ्नो धारणा राखेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सांसदहरू रामहरि खतिवडा, मिना तामाङ र मुक्ताकुमारी यादवले भारत–पाकिस्तानबीच जारी तनावको प्रभाव नेपालमा पर्न सक्ने भन्दै बेलैमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । उनीहरू दुई छिमेकी देशबीच जारी युद्धको विषयमा नेपाल सरकारको धारणा के हो…