भारत–पाकिस्तान तनावबीच नेपालले भन्यो – आतंकवाद विरुद्धको लडाइँमा ऐक्यबद्धता छ

काठमाण्डु – भारत र पाकिस्तानबीचको तनाव युद्धउन्मुख रहेका बेला नेपालको परराष्ट्र मन्त्रालयले आतंकवाद विरुद्धको लडाइँमा सबैसँग ऐक्यबद्धता रहेको जनाएको छ । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा नेपाली नागरिक गुमाउनुपरेको स्मरण गरेको छ । परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, ‘भारतको पहलगाममा २०२५ अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि भारत र…