काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डीपी अर्यालको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार पार्टीका सांसदहरूसँगको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले अर्को चुनावपछि प्रतिपक्षविहीन संसद् हुने गरी काम गर्नुपर्छ भनेर दिएको अभिव्यक्ति चिन्ताजनक रहेको धारणा राखे । उनले भने, ‘यो सरकार ठीकसँग चल्यो भने त ठीकै छ…