जेनजी र सरकारबीच लिखित सहमति : उच्चस्तरीय आयोग गठन र राजनीतिक सुधार गरिने

काठमाण्डु – सरकार र जेनजी प्रतिनिधिहरूबीच बुधबार सिंहदरबारमा उच्चस्तरीय सहमति भएको छ । लिखित सहमतिमा आन्दोलनकारीमाथि राजनीतिक प्रतिशोध नलिने सुनिश्चितता, संविधान संशोधन सुझाव आयोग गठन, भ्रष्टाचार र कुशासन अन्त्यजस्ता विषय समावेश छन् । सम्झौताअनुसार जेनजी आन्दोलनका माग, संक्रमणकालीन व्यवस्थापन, शहीद तथा घाइते परिवारलाई राज्य संरक्षण प्रदान गर्ने व्यवस्था स्पष्ट हुनेछ । भ्रष्टाचार र दलीय भागबण्डा…