काठमाण्डु–परराष्ट्रमन्त्री शिशिर खनालले उत्तर छिमेकी चीनले दुई छिमेकी र अरु अन्तर्राष्ट्रिय समुदायसँग सन्तुलित सम्बन्ध कायम राख्न सुझाएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा उनले त्यस्तो प्रष्टीकरण दिएका हुन् । मन्त्री खनाल बुधबार मात्र औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका थिए । विपक्षी दलका सांसदले बेइजिङमा भएको भेटमा…