के हो विश्व ज्याज दिवस ?

काठमाण्डु- बुधबार विश्व ज्याज दिवस मनाइँदैछ । विभिन्न वाद्ययन्त्रको मधुर धुनले भरिएको ज्याज सङ्गीत २०औँ शताब्दीको सुरुदेखि प्रचलित छ। पश्चिमी मुलुकमा यो सङ्गीत युवामाझ लोकप्रिय छ। सन् २०११ को नोभेम्बरमा युनेस्कोको महासभाले अप्रिल ३० लाई विश्व ज्याज दिवस घोषणा गरेअनुसार आज यो दिवस विश्वभर मनाइन्छ। यो दिवस अन्तरसांस्कृतिक संवाद, मानवअधिकार र मर्यादा, भेदभाव उन्मूलन, अभिव्यक्ति…