काठमाण्डु– नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले हाल केन्द्रकृत शासन भइरहेकाले असन्तुष्टि बढेको र देश विकास हुन नसकेको बताएका छन् । बिहीबार लोकतन्त्र दिवसका अवसरमा डा.कोइरालाले आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रममा नेपाल न्यूज बैंकसँग अलग्गै कुराकानी गर्दै उनले नेताहरुकै कारण समस्या बढिरहेको औंल्याए । उनले केन्द्रमा रहेको पावर तल्लो तहसम्म दिन नचाहेको कारण वा केन्द्रकृत…