दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डु- दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। प्रसाईँलाई बिहीबार काँकडभिट्टबाट पक्राउ गरी काठमाडौँ लयाइएको थियो । प्रहरीले सरकारी वकिलमार्फत अदालतसमक्ष पहिलो चरणमा प्रसाईंलाई १२ दिन हिरासतमा राख्नका लागि अनुमति मागेको थियो…