किशोरी बेपत्ता प्रकरणमा प्रहरी हवल्दार जोशी पुर्पक्षका लागि कारागार चलान

धनगढी – बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ की किशोरी बेपत्ता बनाएको आरोप लागेका प्रहरी हवल्दार कृष्णराज जोशी पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत बैतडीले मंगलबार थुनछेक बहसको सुनुवाइ गर्दै हवल्दार जोशीलाई पुर्पक्षका लागि कारागार पठाएको छ । गत असोज १५ गते पञ्चेश्वर गाउँपालिका–२ डिम्मरकी १७ वर्षीया किशोरीलाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका जोशीलाई…