पूर्वीनवलपरासी - पूर्वीनवलपरासीको कावासोतीमा ढल निर्माणका क्रममा मृत्यु तीन महिला मजदूरको मृत्यु भएपछि आन्दोलनरत स्थानीय र कावासोती नगरपालिकाबीच १० बुँदे सहमति भएको छ । सहमतिपछि स्थानीयले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सदरमुकाम कावासोतीको फलफुल चोकमा ढल निर्माणका क्रममा असावधानीले बिहीबार तीन महिला मजदुरको मृत्यु भएको थियो । कावासोती नगरपालिकाका प्रवक्ता डोरमान गिरीले मृतकका परिवारलाई…