काठमाण्डु - नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । महाधवेशनस्थलसँगै सहभागी नेता, कार्यकर्ता, समर्थकको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली बिहानैबाट परिचालन भएको छ । प्रहरीलेशनिबार बिहानैदेखि विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने तालिमप्राप्त कुकुर र बम डिकेक्टर उपकरणसहित सक्रिय भएका छन् । भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन…