नेपाल प्रहरीमा नयाँ एआइजीको चर्चा, यी हुन् दावेदार

काठमाण्डु – सोमबार प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले राजीनामा दिएसँगै नयाँ एआइजीको चर्चा सुरु भएको छ । पोखरेलले मंगलबारेदखि लागू हुनेगरी प्रहरी हेडक्वाटर नक्साल पुगेर राजीनामा बुझाएका हुन् । तर उनको राजीनामा मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छैन । पोखरेलले एआइजी पदबाट दिएको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्रै कार्यान्वयनमा जाने छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि उनको स्थानमा…