निर्वाचन नजिकिएसँगै सुरक्षा निगरानी थप चुस्त

काठमाण्डु - आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ११ दिन बाँकी छ। निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप चुस्त पारिएको छ। यसपटक निर्वाचन सुरक्षामा झन्डै तीन लाख सुरक्षाकर्मीहरु परिचालित छन्। तीन सुरक्षा निकायका एक लाख ८२ हजार सुरक्षा जनशक्तिका साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालित छन्। अहिले…