काठमाण्डु – अर्थ मन्त्रालयले गृह मन्त्रालयको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्दै नेपाल प्रहरीको नियमावली संशोधनको प्रस्ताव गरेपछि प्रहरी संगठनभित्र असन्तुष्टि बढाएको छ । निर्वाचनको मुखमा आफ्नो क्षेत्राधिकार बिर्सिएर अर्थमन्त्री जनार्दन शर्माले प्रहरी निमयावली संसोधनको प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । तर, गृहमन्त्री बालकृष्ण खाँणको आपत्तिपछि सो प्रस्ताव रोकिएको स्रोतले जानकारी दियो । अर्थमन्त्री शर्माले एआईजीको उमेरहद ५६ बाट…