नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्टमा भर्ना खुल्यो

काठमाण्डु – नेपाली सेनाले अधिकृत तह (सेकेण्ड लेफ्टिनेन्ट) मा नयाँ भर्ना खुलाएको छ । सेनाको कार्यरथी विभाग, भर्ना छनौट निर्देशनालय जंगी अड्डाले २२९ जनाका लागि नयाँ भर्ना खोलेको हो । अधिकृत क्याडेटमा १२० जनाले खुला तर्फ प्रतिस्पर्धा गर्न पाउनेछन् । बाँकी आरक्षित वर्ग र क्षेत्रका लागि हुने जंगी अड्डाले जनाएको छ । हेनुहोस सूचना: