माइतिघर-बानेश्वर सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ

काठमाण्डु – सरकारले काठमाण्डुको माइतिघरदेखि बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । विभिन्न राजनीतिक दलका कार्यकर्ताले एमसीसीविरुद्ध प्रर्दशन गर्ने भएपछि प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा सैद्धान्तिक छलफल हुँदैछ । एमसीसीका विरोधमा बिभिन्न राजनीतिक दल, जनबर्गी संगठन लगायतले विरोधको कार्यक्रमहरु राखेका…