नेपाली शान्ति सैनिकद्वारा लेबनानमा पोखरी र सार्वजनिक उद्यान निर्माण

काठमाण्डु -  संयुक्त राष्ट्रसङ्घको आह्वानमा लेबनानमा शान्ति स्थापनाका लागि तैनाथ बर्दबहादुर गणले नेपाली सेनाको हालसम्मकै सबैभन्दा ठूलो लगानीमा कृषि पोखरी र सार्वजनिक उद्यान निर्माण गरी स्थानीय नगरपालिकालाई हस्तान्तरण गरेको छ । लेबनानमा तैनाथ मिसन प्रमुख र फोर्स कमान्डरको प्रतिनिधित्व गर्दै पूर्वी क्षेत्र इलाका कमाण्डर सहायक रथी रमोन अरमाडा भेजक्वोज, महासेनानी कमल बाँनिया र स्थानीय नगरपालिका…