बिशेष ब्यूरोका डिआईजीको गैरव्यवसायीक हर्कत : त्रिभुवन विमानस्थलमा बुधबार भएको के हो ?

काठमाण्डु — एक महिनाअघि अर्थात असार २२ गते नेपाल प्रहरीका डिआईजीहरुको सरुवा भएको थियो । जसमा विशेष ब्यूरोको डिआईजीमा अशोक सिंहको नाम समेत थियो । सिंहको विशेष ब्यूरोमा सरुवा भएसंगै प्रहरीभित्र समेत त्यसले हंगामा भएको थियो । हंगामा हुनुको कारण थियो, सिंहसंग यसअघि बिशेष ब्युरोमा काम गरेको कुनै अनूभव नहुनु । नेपाल प्रहरीमा प्रति आतंकवाद…