काठमाण्डु – सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी संगठनमा नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । गृह मन्त्रालयमा आयोजित समारोहमा दर्ज्यानी चिन्ह लगाएपछि नवनियुक्त आईजीपी अर्यालले संगठनमा रहँदाको आफ्ना योजना सुनाउँदै संगठनमा नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘सरुवा बढुवालाई न्यायोचित बनाउन आवश्यक मापदण्ड बनाएर लागू गर्नेछु, व्यक्तिले होइन नीतिले संगठन चलाउने प्रणाली…