काठमाण्डु – नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । सरकारले जुनियर धीरजप्रताप सिंहलाई आइजीपी बनाएपछि प्रतिस्पर्धी एआइजी विश्व पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमाथि आज अन्तिम सुनुवाईका लागि पेसी तोएिको थियो । तर प्रतिवादीतर्फका कानुन व्यवसायी उपस्थित नभएपछि उक्त मुद्दा शुक्रबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो ।…