धनगढी - नेपाली सेनाले कैलालीमा जीर्ण बनेका ऐतिहासिक किल्ला पुननिर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको छ । कैलालीको गोदावरी नगरपालिका–१२ मा पर्ने ऐतिहासिक तारागढी र ताराकोट किल्लाको पुननिर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको हो । अंग्रेजहरूसँग लडाइ हुँदा राजाका सेनाहरू उक्त गढीमा आश्रय लगेर लडेका थिए । तर ती गढीको पुननिर्माण नहुँदा जीर्ण बनेका थिए…