२ करोड २९ लाखको चेक प्रकरण : एसएसपी अशोक सिंहमाथि छानबिन गर्न समिति गठन

काठमाण्डु - प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर काठमाण्डुका तत्कालीन एसएसपी अशोक सिंहमाथि छानबिन गर्न समिति गठन गरेको छ । डीआइजी राजेशलाल कर्णको संयोजकत्वमा समिति गठन गरिएको प्रहरी हेडक्वार्टर स्रोतले जनाएको छ । समितिमा कर्णसँगै एसपी आभूषण तिम्सिना र डीएसपी सन्तोष तामाङ छन् । प्रहरी हेडक्वार्टरले हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर…