तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ८१२३ जनालाई नि:शुल्क मास्क वितरण

काठमाण्डु -  कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ८ हजार १ सय २३ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ४० हजार ४ सय ८३ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।…