उदयपुर – उदयपुरको चौदण्डीगढी दरबार क्षेत्रमा नेपाली सेनाले एकिकरण पदयात्रा सञ्चालन गरेको छ । नेपालको राष्ट्रिय एकता र प्रतिष्ठाको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली सेनाको रणशार्दुल गणले चौदण्डीगढी किल्लामा शनिबार एकीकरण पदयात्रा सञ्चालन गरेको हो । नेपाली सेनाको आयोजनामा चौदण्डीगढी नगरपालिका–। ६ बेल्टार बजारबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सांस्कृतिक झाँकीसहित…