काठमाण्डु – नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी रथी प्रभुराम शर्माले पाएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापा तीनवर्षे कार्यकाल पूरा गरेर आजदेखि अनिवार्य अवकाशका लागि एक महिना बिदामा बसेपछि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी रथी शर्माले पाएका हुन् । नेपाली सेनामा अवकाश पाउनुअघि एक महिना बिदामा बस्ने चलन छ । प्रधानसेनापति थापाको ३ वर्षे कार्यकाल भदौ २४ गतेबाट…