काठमाण्डु – प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान प्रहरीले लिएको आन्तरिक परीक्षा (प्री–स्याट)को प्रश्नपत्र बाहिरिएको विषयमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । मंगलबार कार्यालयले प्री–स्याटको प्रश्नपत्र बाहिरिएको घटनामा अनुसन्धान गर्न डीआईजीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले प्रहरीको यूएन शाखाबाट प्रश्नपत्र बाहिरिएको आशंकामा…