भारतीयलाई प्रवेश नदिँदा सशस्त्रमाथि आक्रमण, हवल्दार घाइते

रौतहट – सीमानाका बन्द रहेको अवस्थामा एक भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा भारतीयद्वारा सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । भारतीयको आक्रमणबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाका वरिष्ठ हवल्दार लीलाबहादुर थापा घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेको छ । शुक्रबार साँझ भारत बिहार पूर्वी चम्पारण…