पृतनापति बैठकः तयारी अवस्थामा रहन सेनालाई प्रधानसेनापतिको निर्देशन

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले पछिल्लो समय भारतसँगको सीमा सम्बन्धी समस्या बढ्दै गएपछि नेपाली सेनालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा आफ्ना सेना खडा गरेकोतर्फ लक्षित गर्दै प्रधानसेनापति थापाले सेनालाई यस्तो निर्देशन दिएका हुन् । आइतबार जंगी अड्डामा आयोजित दुई दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ समापन गर्दै…