काठमाण्डु – नेपाली सेनाका उपरथी ईश्वर हमालले मध्यपूर्वस्थित गोलानहाइटमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनको हेड अफ मिसन र फोर्स कमान्डरको कार्यभार सम्हालेका छन् । श्रावण १२ गते एक विशेष समारोहकाबीच उनले उक्त मिशनका एक्सिङ हेड अफ मिसन अमेडदो मिसेल्लीसँग कार्यभार बुझेका हुन् । उक्त कमाण्ड बुझबुझारथ कार्यक्रममा शान्ति सैनिकको एक टुकडीले उनलाई सम्मान गारत अर्पण गरेको…