काठमाडौं – गत जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले सेना परिचालनको प्रस्ताव राष्ट्रपति विद्या भण्डारी समक्ष लैजाने भएको छ । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउनका लागि सेना परिचालन गर्ने निर्णय गरेको हो । विपद् व्यवस्थापनका लागि सरकारले राष्ट्रपतिको स्वीकृतिमा सेना परिचालन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।…