जलेश्वर – महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा आजदेखि १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । सोनमा गाउँपालिका–३ स्थित खखना माविको प्राङ्गणमा नेपाली सेनाद्वारा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविर आउँदो पुस ५ गतेसम्म सञ्चालनमा रहने स्वास्थ्य शिविरका संयोजक पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले बताए । शिविरमा नेपाल आर्मी हस्पिटलका विशेषज्ञ डाक्टरहरु १८०…