नेपाली सेनासम्बन्धी तीनदिने बृहत् प्रदर्शनी

काठमाडौं – नेपाली सेना र नागरिकबीचको सुमधुर सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले ‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा तीनदिने बृहत् प्रदर्शनी आरम्भ भएको छ । जङ्गीअड्डा परिसरमा सेनाले आयोजना गरेको प्रदर्शनीको बलाधिकृत रथी शरदकुमार गिरीले आज उद्घाटन गरे । प्रदर्शनीमा सेनाको गौरवमय इतिहास र वर्तमानलाई समेटेर आफ्नो जिम्मेवारी निर्वाहका क्रममा गरेका उल्लेखनीय काम झल्किने तस्बिर तथा…