प्रहरीबाट असमान व्यवहार हुँदैन, अपराधलाई निर्ममतापूर्वक निर्मूल गरिन्छः आईजीपी ज्ञवाली

काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले अपराध नियन्त्रण र प्रहरी समायोजन वर्तमान समयमा प्रहरीका लागि चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौती सामना गर्न प्रहरी सङ्गठन तयार रहेको बताएका छन् । मुलुक सङ्घीयतामा गए पनि कानूनतः सबै प्रक्रिया सङ्घीयतामा गइनसकेको उनको भनाइ थियो । संविधान कार्यान्वयन, नागरिकको अधिकार संरक्षण गर्न महानिरीक्षकको हैसियतमा आफू कटिबद्ध रहेको…