काठमाडौँ - नेपालस्थित चिनियाँ राजदूतावासले प्रहरीलाई २३ वटा मोटरसाइकल दिएको छ । दूतावासले महानगरीय प्रहरी कार्यालय काठमाडौँलाई सहयोग स्वरूप ५६ लाख ३२ हजार ७ सय रूपैया मूल्य बराबरको सो मोटरसाइकल हस्तान्तरण गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मंगलबार आयोजित कार्यक्रममा चिनियाँ राजदूतावासका प्रथम सचिव वाङ छियो लङले…