सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीकाे निर्देशन: चाडपर्वमा सुरक्षाकाे कुनै कसर बाँकी नराख्नू

काठमाडाैँ—गृहमन्त्री रामबहादुर थापा बादलले दशै, तिहार जस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन्। आइतबार गृहमन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा याेजनाबारे बोलाईएको बैठकमा गृहमन्त्री थापाले जनताले महशुस गर्नेगरी शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए। उनले चाडपर्वमा खासगरी चाेरी, लुटपाट, कालाेबजारीजस्ता घटना अत्याधिक हुने भएकोले साेहि अनुरुपको सुरक्षा रणनीति बनाउन…