लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाण्डु- शान्ति स्थापनार्थ लेबनानमा खटिएको नेपाली सेनाको टोली अदलाबदली गरिएको छ । नेपाली सेनाले शुक्रबार ६७ औँ डफ्फाका रूपमा बिष्णुदल गणका २२४ जनालाई पठाएको हो । नेपाली सेनाको ६६ औँ डफ्फा सबुज गणका २२४ जना शुक्रबारनै लेबनानबाट फर्किइसकेका छन् । लेबनान मिसनमा मिसनमा नेपाली सेनाका ५५४ जना शान्ति सैनिकहरू कार्यरत रहेको सैनिक जङ्गी अड्डाले जनाएको…