काठमाडौं - नेपाली सेनाले हवाई क्षमता बढाउने आक्रामक योजना कार्यान्वयनलाई तीब्रता दिएको छ । तत्कालीन प्रधानसेनापति गौरवशम्शेर राणाले बनाएको योजना प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यान्वयन गरिरहेका छन् । हवाई क्षमता बढाउने योजनालाई सेनापति थापाले उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेको सैनिक स्रोतले जनाएको छ । सेनाको हवाई सेवा महानिर्देशनालय अन्तर्गत पश्चिम, मध्य र पूर्वी एयरबेस रहेका छन्…