काठमाडौं– आगामी भाद्र २४ बाट नेपाली सेनाको कमाण्ड सम्हाल्न लागेका कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापाले कमाण्ड सम्हाल्नुपूर्व नेपाली सेनाका सबै कार्यलय तथा विभागहरुको सम्बन्धित ठाउंमै गएर विफ्रीङ अध्ययन गर्न थालेका छन् । नेपाली सेनामा नै पहिलोपटक थापाले कमाण्ड सम्हाल्नुपूर्व सबै कार्यलय तथा विभागहरुको भ्रमण गरी रायसुझाव तथा समस्याहरु र अपेक्षाहरुका बारेमा जानकारी लिएका हुन् ।…