जुवा खालको पैसा असुल्ने असई विचित्र थापा निलम्बित

काठमाडौं - म्हैपी अस्थायी प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) विचित्र थापा मगरलाई जुवा खालको पैसा खाएको आरोपमा निलम्बन गरिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको सिफारिसमा महानगरीय प्रहरी आयुक्त कार्यालय रानिपोखरीले उनलाई निलम्बन गरेको हो । असई थापाले चार लाख रुपैयाँ खाएको पुष्टि भएपछि निलम्बन गरिएको प्रहरीले जनाएको छ। निलम्बन गरेर अनुसन्धान सुरु गरिएको…