निर्मला प्रकरणमा बम दिदीबहिनी र मामामाथि पुनः छानबिन गर्न एआईजी बस्न्यातलाई सुझाव

काठमाडौं - कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्याकाण्ड छानविनका लागी छानविन समितिका संयोजक एआईजी धिरु बस्न्यात नेतृत्वको टोलीले शनिबार स्थानीय सरोकारवाला र पत्रकारसँग परामर्श सुरु गरेको छ। एआईजी धिरु बस्न्यातले आफुहरु अनुसन्धानमा लागेकोले अपराधी छिट्टै पत्ता लाग्ने बताएका छन्। आफूहरु घटनाको अनुसन्धानमा निकै केन्द्रित भएको बताउँदै उनले हत्यारा छिट्टै पहिचान हुने बताए। उनले भने,…