काठमाडौं–कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रमाण नष्ट गर्ने प्रहरी अधिकृतलाई कारबाही गर्न नसकेको भन्दै आइजीपी सर्वेन्द्र खनालको राजीनामा माग गरिएको छ। बलात्कारपछि हत्या घटनाको प्रमाण नष्टमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख (हाल निलम्बित एसपी) दिल्लीसिंह विष्ट नेतृत्वको प्रहरीको गम्भीर त्रुटि रहेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएपनि आइजीपी खनालका अडानका कारण…